काँडाघारीबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन
वि.सं.२०८३ असार २८ आइतवार
shares
काठमाडौं । काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन् । डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामवाहादुर बलायर सम्पर्कविहीन भएका हुन् । उनले बोल्न र सुन्न समेत सक्दैनन् ।
उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए । उनी घर नफर्के पछि आफ्न्तहरुले खोजी कार्यसुरु गरेका थिए । तर उनको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उनको कुनै खबर पाएको छैन् ।
उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए । उनीलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।




























