स्वर्णिमको ठाउँमा सुशान्त ? 

1.1K
shares

 

 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाएर अर्थ मन्त्रालयको नेतृत्वमा सुशान्त वैदिकलाई ल्याउने तयारी भएको छ ।

अर्थ मन्त्रालयको कार्यशैली, केही नीतिगत निर्णय तथा विद्युतीय सवारी (ईभी) सम्बन्धी विवादका कारण नेतृत्व परिवर्तनबारे आन्तरिक छलफल भएको हो ।

सुशान्त वैदिक अर्थशास्त्र, सार्वजनिक नीति र प्रशासन सुधारका क्षेत्रमा अध्ययन तथा अनुभव भएका व्यक्ति मानिन्छन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्स (LSE) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेजियन स्कुल अफ इकोनोमिक्स (NHH), नर्वेबाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। प्रतिस्पर्धा नीति, आर्थिक मोडेलिङ, विकास अर्थशास्त्र तथा लगानी विश्लेषण उनका प्रमुख अध्ययनका क्षेत्र हुन्।

civil hospital
Hams Hospitals