Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, सरकारको ध्यानाकर्षण

141
shares

 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोमा परी ठूलो जनधनको क्षति भएको जानकारी गराएका हुन्। उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।

त्यसैगरी, साउन २८ गते सुनछहरी गाउँपालिकाको गाम क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु भएको उनले बताए। साउन ३० गते लुङ्ग्री गाउँपालिकाको धैरेनीमा पहिरोमा परी एक जनाको मृत्यु भएको पुनले जानकारी दिए।

त्यस्तै, सेरममा पहिरोमा परी दुई जना, परिवर्तन गाउँपालिकाको पाछावाङ क्षेत्रमा एक जनाको मृत्यु भएको उनले बताए । लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको उल्लेख गर्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा मात्रै जिल्लामा २२ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग उनले आग्रह गरे।

पुनले आफूले प्रधानमन्त्रीसँग भेटेर समेत विपद्को अवस्थाबारे ध्यानाकर्षण गराएको बताए। उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा विशेष ध्यान दिन, खोज तथा उद्धारका संयन्त्रलाई चुस्त बनाउन र प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन सरकारसँग माग गरे।

उनले सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । पहिरोका कारण खानेपानी, सडक तथा पुलमा क्षति पुगेकाले तिनको शीघ्र पुनस्र्थापना गर्न पनि उनले आग्रह गरे ।

दीर्घकालीन रूपमा विपद्को जोखिम न्यूनीकरणका लागि भौगोलिक अध्ययन टोली तत्काल रोल्पा पठाएर अध्ययन गर्नुपर्ने पुनको भनाइ छ ।

अध्ययनका आधारमा पुनस्र्थापना तथा पुनर्निर्माणको दीर्घकालीन व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

civil hospital
Hams Hospitals