Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

219
shares

 

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लाल बन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको जनाएको छ ।

अटोभित्र लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा पाँच वटा पोकामा राखिएको २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अटो चालक सर्लाहीको हरिवन नगरपालिका–१ घुकौली बस्ने ३० वर्षीय सुशील साह रहेका छन् । यस्तै, सोही स्थान बस्ने २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह पनि पक्राउ परेका छन् ।

प्रवक्ता गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

civil hospital
Hams Hospitals