Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

बाटो मर्मतपछि राहत सामग्री लिएर सरकारी टोली घटना स्थलमा 

129
shares

 

जाजरकोट । लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ ।

नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो ।

बाटो मर्मत नहुँदा राहत सामग्री ढुवानी समस्या भएपछि मानिस हिंडन मिल्ने गरेर मंगलबार बाटो मर्मतपछि सरकारी अधिकारीको टोली राहत सामग्री लिएर रिसाङ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भवानी दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी गोबिन्द थापालगायतको टोली रिसाङ पुगेको हो ।

कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्रीदेखि जिल्लामा उपलब्ध अन्य सामग्री लिएर सुरक्षाकर्मीलगायत अन्य टोली मृतकका घर–घरमा पुगेको नेपाली सेनाले जनाएको छ ।

बाटो नहुँदा विरामी, सर्वसाधारण तथा राहतत ढुवानीमै समस्या भएपछि समस्या भोगेका स्थानीयबासीलाई सहज भएको छ ।

मृतक चारै जनाको घरमा गएर टोलीले भेटघाट समेत गरेको छ । रिसाङस्थित विद्यालयमा बसेका विस्थापितलाई समेत टोलीले भेटेको छ । आजदेखि बाटो मर्मत गरेर राहत सामग्री लिन सकिने अवस्था भएपछि सबैलाई सहज भएको छ ।

शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् । यसअघि, कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको थियो ।

civil hospital
Hams Hospitals