Banner ad for NADA AUTO SHOW -2026

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

138
shares

 

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका—८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।

घाइते हुनेमा हाइसका चालक ललितपुरको महालक्ष्मी नगरपालिका—८ लुभुका २६ वर्षीय अखिल राजथला, महालक्ष्मी नगरपालिका—७ चागाथलीका २५ वर्षीय आशिष महर्जन, मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका—६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा र महालक्ष्मी नगरपालिका—८ लुभुका २६ वर्षीय राज महर्जन रहेका छन् ।

तिन जनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ । भने एक जनाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाइसमा चार जना मात्र सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

civil hospital
Hams Hospitals