Banner ad for NADA AUTO SHOW -2026

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

168
shares

 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन् ।

यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना–बस्नको प्रबन्ध मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, संघ–संस्था, व्यवसायी तथा दातृ निकायहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मार्फत सहयोग गर्न आह्वान गर्दै बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ ।

सहयोग रकम जम्मा गर्नका लागि बैंक खाता विवरणहरूः

१. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (अमेरिकी डलर खाता) : ०१२०५६३१२१००४६ (USD Account)

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.: ०१०१३२४३८०१ / ०२०१३२४३८०१

राष्ट्रिय वाणिज्य बैंकः ११३०१००००३७६२००१ / ११३०१००००००००६००६

एभरेष्ट बैंक लिमिटेडः ००१००१०५२००२७० / ००१०११०२२०००१२

नेपाल बैंक लिमिटेडः ००२११६००५१००३९०००००३ / ००२००१००५१००३९०००००१

ग्लोबल आइएमई बैंक लि.: ००४०१०१०००००५७ / ००४११०१००००००५

नबिल बैंकः १७१००१७५०५२८५

कृषि विकास बैंक लि.: ०१००२०१००२९०७०१४

२. प्रधानमन्त्री राहत कोष

राष्ट्रिय वाणिज्य बैंकः १४३०१००००००२५००६ / १४३०१००००११६४००१

सरकारले इच्छुक दाताहरूलाई आधिकारिक बैंक खाताहरूमा मात्र रकम जम्मा गरी विपद्को यस कठिन घडीमा बाढी पीडितको घाउमा मलम लगाउन हातेमालो गर्न अनुरोध गरेको छ ।

civil hospital
Hams Hospitals