आर्या फार्मा ल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि रु. ८२ लाखभन्दा बढीको औषधि सहयोग

57.4K
shares
Nabil bank

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रा.लि. ले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ।

आर्या फार्मा ल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकको उपचारमा प्रयोग हुने रु. ८२ लाख ५१ हजार ७ सय ५० बराबरको औषधि उपलब्ध गराएको हो।

प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परेको अवस्थामा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिहरू समेत सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगबाट स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

आर्या फार्मा ल्यावले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x