राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

6.4K
shares
Nabil bank

 

 

काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ ।

 

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा रु १५,०५,५५५ (पन्ध्र लाख पाँच हजार पाँच सय पचपन्न) जम्मा गरिसकेको छ ।

 

बाढीपहिरो तथा प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति संवेदनशील हुँदै राहत कार्यमा सघाउन उक्त रकम कोषमा जम्मा गरिएको न्यौपानेले जानकारी दिए।

 

यसैगरी, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी गरेको छ ।

 

सोही अवसर पारेर १५ दिनभित्ररसुवा र नुवाकोटमा एकदेखि ढेड करोड रुपैयाँ बराबरको नयाँ कपडाहरू समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गरिने भएको छ ।

 

केल्मीले नयाँ कपडाहरू विपद् प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बासिन्दहरूलाई उपलब्ध गराइनेछ । यो राहत सामग्री सीधै बाँड्न नहिँडी, नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति वा परिवारको आधिकारिक सूचीका आधारमा ‘क्लोथ बैंक’मार्फत पूर्ण रूपमा निःशुल्क वितरण गरिने व्यवस्था मिलाइने छ।

 

वास्तविक पीडितसम्म मात्रै सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको सूचीकृत विवरणलाई आधार बनाइने प्रबन्ध निर्देशक न्यौपानेले स्पष्ट पारे ।

 

विगतका विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारा परिस्थितिहरूमा पनि निरन्तर सहयोग गर्दै आएको केल्मी नेपालले यसपटक पनि आफ्नो सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै यो सहयोग अगाडि बढाएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x