Banner ad for NADA AUTO SHOW -2026

रसुवाको टिमुरे बाढीमा भूतपूर्व सुवेदार इन्द्रबहादुर थापा मगर बेपत्ता, छोरी मिनाक्षीको खोजीका लागि अपिल

237
shares

रसुवा । गत भदौ १० गते रसुवामा आएको भीषण तथा विनाशकारी बाढीमा नेपाली सेनाका सेवानिवृत्त सुवेदार ६७ वर्षीय इन्द्रबहादुर थापा मगर बेपत्ता भएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बसोबास गर्दै व्यवसाय सञ्चालन गर्दै आएका थापा मगर बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढीले उहाँको व्यवसाय रहेको क्षेत्रसहित टिमुरेको ठूलो भूभागमा क्षति पुर्‍याएको बताइएको छ।
लामो समय नेपाली सेनामा सेवा गरी सुवेदार पदबाट सेवानिवृत्त भएका थापा मगरको पुर्ख्यौली घर डडेल्धुराको अमरगढी नगरपालिका–२ मा रहेको परिवारले जनाएको छ। सेवाबाट अवकाश लिएपछि उहाँ रसुवाको टिमुरेमा स्थायी रूपमा बसोबास गर्दै व्यवसायमा संलग्न हुनुहुन्थ्यो।

भदौ १० गते आएको बाढीले गाउँ नै बगाएपछि थापा मगरसहित अन्य स्थानीयवासीसमेत बेपत्ता भएका छन्। उहाँका नागरिकता, विवाह दर्तालगायतका केही महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बताइएको छ।

परिवारले स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै थापा मगरको खोजीका लागि पहल गरिरहेको भए पनि हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
बेपत्ता सुवेदार थापा मगरकी छोरी मिनाक्षी मगरले बाढीपछि आफ्ना बुबाको अवस्था अज्ञात रहेकाले खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेकी छन्।

परिवारले थापा मगरबारे कुनै जानकारी प्राप्त भएमा वा उहाँलाई फेला पार्ने जोकोहीले नजिकको प्रहरी कार्यालय, उद्धार टोली वा परिवारका सदस्यलाई तत्काल खबर गरिदिन आग्रह गरेको छ।

civil hospital
Hams Hospitals