एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

162
shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकहरूको तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक सहयोगसँगै अत्यावश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको छ। बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका राहत सामग्रीहरू विपद् प्रभावित क्षेत्रमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को सामना गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ।

एभरेष्ट बैंकले विपद्का समयमा प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएको जनाएको छ।

civil hospital
Hams Hospitals