पत्रकारको आवरणमा शसस्त्र प्रहरीमा सरुवा गराईदिन्छु भन्दै रकम बार्गेनिङ

17.6K
shares
Nabil bank

 

 

केही अनलाइन सञ्चारमाध्यममा आबद्ध रहेको दाबी गर्ने केही व्यक्तिहरूले पत्रकारिताको परिचयपत्रको दुरुपयोग गर्दै विभिन्न सरकारी निकायमा सरुवा, बढुवा तथा आकर्षक जिम्मेवारी दिलाइदिने नाममा बिचौलियाको काम गरिरहेको विषय गम्भीर रूपमा उठाउन चाहन्छु।

पछिल्लो समय सशस्त्र प्रहरी बलमा सरुवा गराइदिने भन्दै केही व्यक्तिहरूले लाखौँ रुपैयाँसम्मको बार्गेनिङ गरेको जानकारी तथा कुराकानीसमेत मेरो जानकारीमा आएको छ। भन्सार कार्यालय तथा आर्थिक रूपमा आकर्षक मानिने अन्य कार्यालयमा सरुवा गराइदिने भन्दै पत्रकारको परिचय बोकेका व्यक्तिहरूले रकम संकलन गर्ने गरेकोसमेत सुनिएको छ।

उनीहरूले सरुवा चाहने कर्मचारीसँग ‘माथिल्लो तहमा पैसा पुर्‍याउनुपर्ने’ भन्दै रकमको व्यवस्था गर्न आग्रह गर्ने गरेका छन्। यस विषयमा वास्तविकता बुझ्ने उद्देश्यले मैले समेत सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दा आर्थिक जोहो गर्नुपर्ने आशय सहज रूपमा व्यक्त गरिएको थियो।

यसरी पत्रकारिताको परिचय र पहुँचलाई प्रयोग गरेर कर्मचारीको सरुवा–बढुवालाई आर्थिक लेनदेनसँग जोड्ने प्रयास भएको हो भने यो पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथिको गम्भीर प्रश्न हो। पत्रकारिता राज्यका निकायमा हुने अनियमितता उजागर गर्ने माध्यम हुनुपर्नेमा त्यही परिचयलाई बिचौलियाका रूपमा प्रयोग गर्नु अझ गम्भीर विषय हो।

सरुवा–बढुवाका अतिरिक्त कतिपय व्यक्तिहरूले कर्मचारीसँग समय–समयमा ‘कोसेली’का नाममा रकम तथा अन्य सुविधा माग्ने गरेको जानकारीसमेत प्राप्त भएको छ।

यस विषयमा संलग्न व्यक्तिहरूको नाम, उनीहरूले गरेका कुराकानी तथा उपलब्ध प्रमाण आवश्यक परे सम्बन्धित निकायसमक्ष उपलब्ध गराउन म तयार छु। उनीहरूको गतिविधिबारे सशस्त्र प्रहरी बलको केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराइसकेको छु।

अतः पत्रकारको आवरणमा हुने यस्तो गतिविधिको निष्पक्ष छानबिन गरी सरुवा–बढुवाका नाममा रकम मागिएको वा असुलिएको भए त्यसमा संलग्न व्यक्ति तथा सम्बन्धित पक्षमाथि आवश्यक कारबाहीका लागि अनुरोध गर्दछु। साथै, पत्रकारिताको परिचयपत्र प्रयोग गरी सरकारी कर्मचारीसँग आर्थिक लेनदेन गर्ने प्रवृत्तिमाथि सम्बन्धित सञ्चार संस्था तथा पत्रकार महासंघरसम्बन्धित निकायले समेत आवश्यक निगरानी गर्नुपर्ने देखिन्छ।

 

निवेदक
एक पीडित
(नाम गोप्य राख्न अनुरोध)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x