बाउ सरकारी हाकिम, छोरालाई सरकारी मोटरसाइकल ! 

203
shares
Nabil bank

काठमाडौँ । सरकारी स्रोतसाधनको प्रयोग जनताको सेवा प्रवाहका लागि हुनुपर्ने हो। तर, बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकस्थित पशु सेवा कार्यालयमा सरकारी सवारीसाधनको दुरुपयोग भएको  छ ।  कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुरलाई सुविधाका रूपमा उपलब्ध गराइएको मोटरसाइकल उनका छोराले हेटौँडामा प्रयोग गरिरहेको पाइएको छ।

 

कार्यालय प्रमुख ठाकुर काभ्रेपलाञ्चोकमै कार्यरत रहे पनि उनले प्रयोगका लागि पाएको सरकारी मोटरसाइकल भने लामो समयदेखि हेटौँडा बजारमा गुडिरहेको  छ। सरकारी कामका लागि उपलब्ध गराइएको सवारीसाधन कार्यालय प्रमुखका छोराले व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको विषयले सरकारी सम्पत्तिको उपयोग र निगरानीमाथि प्रश्न खडा गरेको छ।

 

बागमती प्रदेश ००१ ब ६७५६ नम्बरको उक्त मोटरसाइकलको अवस्था हेर्दा नियमित मर्मतसम्भारमा समेत ध्यान नदिइएको देखिन्छ।

 

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकमा एउटा गाडी, एउटा एम्बुलेन्स, चारवटा मोटरसाइकल र एउटा स्कुटर गरी सातवटा सवारीसाधन रहेको  छ।

 

सरकारी सवारीसाधन कार्यालयको काम, अनुगमन, सेवा प्रवाह र आवश्यक प्राविधिक कार्यका लागि उपलब्ध गराइन्छन्। तर, ती साधनको प्रयोग कसले, कुन प्रयोजनमा र कहाँ गरिरहेको छ भन्ने विषयमा प्रभावकारी निगरानी नभए सरकारी स्रोतसाधनको दुरुपयोग हुने जोखिम रहन्छ।

 

विशेषगरी कार्यालय प्रमुखलाई सुविधाका रूपमा उपलब्ध गराइएको मोटरसाइकल परिवारका सदस्यले प्रयोग गरिरहेको विषय गम्भीर छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

समाचारपछि रोकियो पशु सेवाको बजेटमा आयोजना गरिएको सुकुटे वनभोज

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x