सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
वि.सं.२०८३ कात्तिक ८ आइतवार
406
shares
shares
भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए ।
दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एकको उपचार भईरहेको छ भने एक जना बेपत्ता छन् । दुर्घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।
Subscribe
0 Comments
Oldest


































