कविता:लाइक

145
shares
Nabil bank

               -ईश्वर पोखरेल

विदेश जान लागेको छु :
सुटकेस किनें
अब सामान मिलाउनु छ
‘गुन्द्रुक र कोदाको पिठो लैजान देला/नदेला’
भन्ने सोचेर राम्रो निद्रा परेन
‘नेपाली टोपी लैजाऔं कि क्याप’
भन्नेमा पनि झमेला छ

खर्चको व्यवस्थापन त गर्नै पर्‍यो
डलर साट्नु पनि छ ।

फेसबुकमा फ्रेन्ड रिक्वस्ट कत्ति! कत्ति!!
केही धेरै पहिले आएका
केही बेवास्तामा परेका
केही हेंला गरिएका
सबै भकाभक एसेप्ट गरें ।

अब केही नयाँ फ्रेन्ड रिक्वस्ट पठाउनु छ :
नातागोतालाई छुटाउने कुरै भएन
साथीभाइलाई ‘फ्रेन्ड’ बनाउनै पर्‍यो
चिने जानेका अरु केही नाम सम्झदै/खोज्दै छु
हाफपैन्ट लगाएर सुटकेस गुडाएको फोटो
केही अरुलाई पनि देखाउनु छ ।

यस्तो बेला अरु जे-जे भए पनि लाइक चै थोरै देखिने क्या’
लाइक बढाउने सम्भाव्यता खोज्दैछु :
त्यसैले मेरो फ्रेन्ड रिक्वेस्ट
अब तपाईको नाममा पनि आउन सक्छ
समुन्द्र किनारमा नाँच्दै बनाएको टिकटकमा
मलाई केही अरुको पनि लाइक चाहिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x