डिडिसीको साखमाथि प्रहार गर्ने कम्पनीका सञ्चालकसँग रास्वपा सांसद खत्रीको निकट सम्बन्ध

145
shares
Nabil bank

 

 

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) को नाम र ब्रान्ड प्रयोग गरी जापानमा नक्कली दुग्धजन्य पदार्थ बिक्री–वितरण भइरहेको विषय सार्वजनिक भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री र पूर्ण ट्रेनिङ प्रालिका सञ्चालक टीका श्रेष्ठबीचको निकट सम्बन्धले थप प्रश्न जन्माएको छ।

 

जापानका विभिन्न सहरमा डिडिसीको नाम र लोगो प्रयोग गरिएका नक्कली घिउलगायतका दुग्धजन्य पदार्थ आपूर्ति तथा बिक्री भइरहेको आरोप लागेका श्रेष्ठसँग सांसद खत्रीको उठबस र पारिवारिक निकटता देखाउने तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार श्रेष्ठले सांसद खत्रीलाई जापान भ्रमणका क्रममा घुमफिर, खानपिन तथा बसोबासको व्यवस्थासमेत मिलाउँदै आएको दाबी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कृषि उत्पादन, स्वदेशी उद्योग र राष्ट्रिय ब्रान्डको प्रवर्द्धनलाई प्राथमिकतामा राखिरहेको सन्दर्भमा आफ्नै दलका सांसदको विवादित व्यवसायीसँगको सम्बन्धले सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

 

एकातिर सरकार डिडिसीको उत्पादन र ब्रान्ड प्रवर्द्धन गर्ने सन्देश दिइरहेको छ भने अर्कोतिर डिडिसीको ब्रान्ड दुरुपयोग गरी जापानमा नक्कली उत्पादन बिक्री गरेको आरोप लागेका व्यवसायीसँग सत्तारूढ दलका सांसदको निकटता देखिनुले राजनीतिक संरक्षणको आशंकासमेत जन्माएको छ।

 

पूर्ण ट्रेनिङ प्रालिका सञ्चालक श्रेष्ठविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ ।

 

यसबीच पूर्ण ट्रेनिङ प्रालिको वेबसाइट तथा फेसबुक पेजबाट डिडिसीलगायतका ब्रान्डसँग सम्बन्धित फोटो हटाइएको छ । अनुसन्धानको विषय सार्वजनिक भएपछि प्रमाण लुकाउन यो काम भएको हो ।

 

प्रधानमन्त्री बालेन शाहले स्वदेशी उत्पादन र डिडिसीजस्ता सार्वजनिक संस्थानको संरक्षणको सन्देश दिइरहँदा आफ्नै दलका सांसदको विवादित व्यवसायीसँगको निकटताबारे खोजी हुन आवश्यक छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x