नबिल बैंकले २ अर्बभन्दा बढी नाफा कमायो

13.5K
shares
Nabil bank

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको पुस मशान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ।

 

त्यस्तै, बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x