सिटी एक्सप्रेस मनी ट्रान्सफरले अब ओमानबाट पनि आफ्नो सेवा सुचारु

1.2K
shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल विस्तार गर्ने क्रममा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको हाे ।

 

ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्सचेन्ज को एलएलसीको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुकाे साथै नेपालमा सिटी एक्सप्रेससंग आवद्ध १० हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सक्ने र नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् ।

 

दुई कम्पनीबीचकाे सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्ज को एलएलसी को तर्फबाट प्रबन्ध निर्देशक होरमुज्डा बि दाभरले हस्ताक्षर गरेका छन् ।

civil hospital
Hams Hospitals