संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित

13.3K
shares
Nabil bank

काठमाडौं। संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । काेराेना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएकाले अवार्ड’ स्थगित गरिएको हाे।

अब शो आगामी ३ अप्रिलमा अमेरिकाको लस भेगासमा गरिने भएकाे छ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो। यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो।

आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन्।

यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन्। यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन्। अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो।

ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x