राजश्व राष्ट्रको रगत पसिना हाे, त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न सक्दिन् – अर्थमन्त्री शर्मा

18K
shares
Nabil bank

काठमाडौं, १८ माघ ।

राजश्व राष्ट्रको रगत पसिना रहेको भन्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर’ले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ । मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्नुहुँदै उहाँले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले राजश्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । राजश्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उहाँले भन्नुभयो, यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रणको कार्य आजको आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि बताउनुभयो।

राजश्व चुहावट नियन्त्रण गर्न अपरेशन’ आवश्यक रहेको भन्नुहुँदै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै सो अपरेशनका लागि विशेष टोली वा टास्क फोर्स’ बनाइने पनि उहाँले बताउनुभयो । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उहाँको भनाइ छ । यद्यपि हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताउनुभयो ।

मन्त्री शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औँल्याउनुभयो । त्यसैले सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उहाँले बताउनुभयो । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै उहाँले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने बताउनुभयो ।

पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका अवैध’ कार्य भइरहेका छन् । यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजश्व चुहावट बढी हुने गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x