पश्चिमी वायुको प्रभाव, भाेलिबाट बर्षाकाे सम्भावना
वि.सं.२०७८ माघ २५ मंगलवार
21.1K
shares
shares
नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले भाेलिबाट पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ।
बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने समेत उनले बताइन् ।































