सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०७८ फागुन ११ बुधवार
17K
shares
shares
काठमाडौँ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यस्तै, यसअघि प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
यता, प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































