अमेरिकी परियोजना (एमसीसी) गगन थापा र महेन्द्र पथ

3.1K
shares

नेपाल चीरकाल देखिनै सार्वभौम मुलुकको रूपमा रहेको तथ्य इतिहासमा मात्र होइन्, प्राचिन ग्रन्थहरु हिमवद खाण्ड तथा नेपाल महात्म्यमा समेत उजागर भएको पाइन्छ । भने यो भुमी (नेपाल) कानुनी एवम् राजनीतिक रुपमा कहिल्यै पराधीन नभएको समेत प्रमाणित तथ्यहरूले नै देखाउँछ ।

पृथ्वी नारायण शाह देखि वालक राजा गिर्वाण युद्ध विक्रम शाहको कार्यकालमा राज्यको प्रमुख नीति एकीकरण तथा वृहत् नेपाल अभियानमै रह्यो । छिमेकी राष्ट्र भारतलाई पराधीन बनाएको अंग्रेजसँग युद्ध पश्चात भएको सुगौली सन्धी पछिका दिनहरुमा भने नेपालमा बिटिस् रिसीडेन्ट रहने व्यवस्थाका कारण कुनै न कुनै रूपमा पश्चिमेली प्रभाव परेको देखिन्छ ।

वि.स २००७ सालको परिवर्तन पश्चात गृहमन्त्री बन्न पुगेका विपि कोइरालाले इसाइ धर्म प्रचारमा संलग्न हुँदै आएको युनाइटेड मिसन टु नेपाल जस्तो गैर हिन्दु संस्थालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा मात्र केन्द्रित रहेर काम गर्ने अनुमती दिए पश्चात यस संस्थाको व्यानरमा नेपालको राजनीतिमा पश्चिमा तथा अमेरिकी शक्ती प्रभावमा आएको राजनीतिक घटनाक्रमले नै देखाउँछ ।

तत्कालिन सोभियत संघले नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य दिनु हुदैन् भन्दै भिटो प्रयोग गरेको प्रतिकुल अवस्थामा पनि राजा महेन्द्रको पर्सनालिटीको कारण अमेरिकाले भने नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बनाउन निर्णायक भूमिका खेलेको थियो, तर २०३१ सालमा मुस्ताङ्गमा भएको खम्पा विद्रोहलाई तत्कालिन शाही नेपाली सेनाले दमन गरे पश्चात अमेरिका नेपाल प्रति कुनै न कुनै रुपमा आफ्नो प्रभाव देखाउन चाहन्थ्यो।

त्यसैगरी उसले नेपाली अनुहार मार्फत नै आफ्नो गतिविधी तीव्र पार्न चाहन्थ्यो, तर नेपालको राजसंस्था तुलनात्मक रूपमा राजनीतिक नेताहरु भन्दा राष्ट्रियताको सवालमा अवल नै देखिएकाले उसले प्रजातन्त्र तथा मानव अधिकारको नाम भजाएर नेपालमा कोर्ष करेक्शन गरि कठपुतली नेपाली अनुहार मार्फत नै आफ्नो राजनीतिक एजेण्डा पुरा गर्न चाहन्थ्यो। विसं २०६२ कार्तिक २६ गते १३ औँ सार्क सिखर सम्मेलनको क्रममा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राजा ज्ञानेन्द्रलाई यदि राजा बनि रहने हो, भने रक्षा र परराष्ट्र भारतीय भूमिकामा दिई भुटानी मोडलको राजा भएर बस्नु हाेस् भन्ने धम्की पूर्ण भाषा प्रयोग गर्दा राजा ज्ञानेन्द्रले मेरो शरीर रहे सम्म सम्भव छैन् भन्ने कडा प्रत्युत्तरबाट र राजाबाट नै ल्याइएको चीनलाई पनि सार्कको सदस्य बनाउने प्रस्ताव बाट भारत मात्र होइन्, अमेरिका समेत नेपालमा कोर्ष करेक्शन गराई आफ्नो प्रभाव देखाउन लागि परेका थियाे। विसं २०६२ सालकै आन्दोलनका क्रममा त्यतिबेलाका नेवि संघका महामन्त्री गगन थापा लगायत धेरै नेता तथा कार्यकर्ता गिरफ्तारीमा परेका थिए । तर प्याट्रीक लेही नाम गरेका अमेरिकी सांसदले गगन थापाको मात्र रिहाईको माग किन गरे ? उनले अन्य थापाहरुको रिहाईको माग किन गरेनन् ? गिरफ्तारीमा परेका गगन थापा भन्दा सिनियर नेताहरु लाई प्याट्रीक लेहीले किन देखेनन् ? आज तिनै नेपाली अनुहारका गगन थापाले अमेरिकी एजेण्डा एमसीसी पास गराउन मरिहत्ते गरेको प्रति आम नेपालीहरुले अर्थपुर्ण रुपले हेरेका छन् ।

अनमिन फिर्ताको राजनीतिक घटना अमेरिकालाई मन परेको थिएन्, त्यसैले त उसले शर्तहरु भएको वैदेशिक सहयोग (एमसीसी) लिनै पर्ने नलिई नहुने अवस्थाको सिर्जना गराउन पुग्यो यस्तो विषम परिवेशमा नेपाल आज ब्ल्याक होल भित्र प्रवेश गर्न लागेको अवस्था छ। ब्ल्याक होल तर्फको यात्राबाट तत्काल यु टर्न गर्न र नेपाल महात्म्यमा उल्लेख भएको चक्रवर्ती सार्वभौम मुलुक रहि रहनको लागी महेन्द्र पथ तथा असंलग्न परराष्ट्र नीति नै एक मात्र विकल्प देखिन्छ ।

पूर्विय चिन्तक तथा राजनितिक विश्लेषक नारायण आचार्य “सन्देश संग्रहको सन्देश ” पुस्तकका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals