भौतिक पूर्वाधारविना देशको विकास असम्भव : प्रधानमन्त्री देउवा
वि.सं.२०७८ फागुन २७ शुक्रवार
22.9K
shares
shares
प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास नहुने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघकाे २३ औँ साधारणसभालाई सम्बोधन गर्दै देउवा देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताउँदै निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेकाे बताएका हुन् ।
उनले केही ऐनहरु संशोधन गरिएकाे एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।
‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाईँहरु टेन्डर हाल्नुहोस् र पानुहोेस् ।’
Subscribe
0 Comments
Oldest
































