चितवनमा कृषि कर्जा मेला २०७८ लाग्ने
वि.सं.२०७८ फागुन ३० सोमवार
shares
काठमाडौँ । चितवनमा कृषि कर्जा मेला २०७८ लाग्ने भएको छ। आर एण्ड डी ईनोभेटिभ सोलुसन प्राली र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा चैत ९ देखि १२ गते सम्म उक्त मेला लाग्न लागेको हो।
आज काठमाडौंमा पत्रकार सम्वेलन गरि उक्त मेला लाग्ने जानकरी द्रिइयो। उक्त मेलामा एक लाख भन्दा बढी कृषक आउने आयोजकले अनुमान गरेको छ।
मेलामा नेपालका प्राय जसो सवै बैंकहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ।
कृषक र लगानिकर्ता बैंकहरुलाई एकै ठाउँमा भेला गराई कृषि कर्जाको बारेमा कृषकहरुलाई साक्षरता गर्ने मेलाको मुल उद्देश्य रहेको मेलाको संयोजक सुश्मा शर्माले जानकारी दिइन्।
मेलाले कृषको निम्ती नीति निमार्ण, बजार प्रवद्र्धनमा र कृषक, बैंक, नीति निर्माताबीच समन्वय गरि सहयोग पुग्ने आयोजकको लक्ष लिएको छ।
नबिल बैंक र कृषि विकास बैंकले मेलाको प्रमुख प्रयोजकको रुपमा छ। त्यस्तै सहयोगिको रुपमा बैंकर्स एशोसिएन्स, शिखर इ्न्सुरेन्स, फोन पे, डेभ्लपमेन्ट एलायन्स नेपाल रहेका छन्। रिर्सच पार्टनको रुपमा थ्री एस फाउण्डेशन रहेका छन।
































