कांग्रेसको परीक्षा – राजु गिरि र प्रकाश सपुतको गन्तव्य?
वि.सं.२०७८ चैत १ मंगलवार
shares
नेपालीहरुको मात्र होइन् पश्चीमा जगतले समेत बडाे रुचि पूर्वक हेरिएको भागवतको धेरै प्रसंगहरुको महत्व आज पनि दिनानुदिन बढि रहेको छ । धार्मिक मात्र होइन् नैतिकता तथा राजनीतिक दृष्टिकोणले समेत समाजलाई अग्रगामी मार्गमा लैजाने परिकल्पना विभिन्न प्रसंगमा पाइन्छ ।
देश जनता तथा समाजलाई आवश्यक पर्दा आफुले कष्ट सहेर पनि अर्काको दुुःख निवारण गर्न सक्ने चरित्र निर्माण गर्ने मार्ग निर्देश गरेको छ । यसलाई भागवतमा यसरी व्याख्या गरीएको छ …… यत्नादपी पर क्लेश हर्तु यद हृदि जायते ।
तर नेपालको राजनीति भने भागवतमा चर्चा भए अनुसारको आफुले कष्ट सहेर पनि देश र जनताको निम्ति अर्थात अर्काको दुःख निवारण गर्ने चारित्रिक व्यक्तित्व अर्थात राजनेता भने देखिएको छैन् । जनताले विश्वास गरेर नेपालका मुलधारका मानिएका कम्युनिस्टहरुलाई २०७४ मा सरकारमा पठाएकै हुन्, तर आफ्नै आन्तरिक भागवण्डाकै कारण परमादेसको बाटो हुँदै नेपाली कांग्रेसले गठवन्धन सरकारको नेतृत्व गरेको अवस्था छ ।
हिजो आफ्नै पार्टीको सरकारलाई पदीय भागवण्डाकै कारण ढाल्न प्रमुख भुमिका खेल्ने माधव नेपाल तथा प्रचण्डको अमेरिकी सहयोग परीयोजना ( एमसीसी) प्रकरणमा दोहोरो तेहेरो भूमिकालाई जनताले अर्थपुर्ण रुपले हेरेका छन् । तत्कालिन समयमा प्रचण्डले नै नेतृत्व गर्नु भएको भूमिगत नेकपा माओवादीले देशमा उद्योगधन्दाको स्थापना हुनुपर्ने युवाहरु रोजी रोटीको लागि विदेेश जान नपर्ने जस्ता एजेण्डामै रहेर आफ्नो राजनीतीक गतिविधि संचालन गरेको थियो । त्यसैले त कैयौ लडाकुहरु आन्दोलनमा होमिए तर राजनीतिक परिवर्तन पश्चात पहुचवाला नेता र उनीहरु का नजीकका व्यक्तिहरुको मात्र जीवनशैली फेरिएको ‘हिजो आन्दोलनमा होमिएका योद्धाहरु लाई जीवन धान्न धौ धौ भएर विदेसिएको कारुणिक यर्थाथ घटनालाई कलाकार तथा गीतकार प्रकाश सपुतले गीत संगीतको माध्यमवाट उजागर गर्नु कलाकारिताको धर्म हो तर यस विषयलाई लिएर कलाकार सपुत माथी सम्बधित पक्षवाटै अनावश्यक दवाव आउनु लाई जनताले भर्त्सना गरेका छन ।
विश्वव्यापी मान्यता अनुसार सामान्यतया कम्युनिस्ट आन्तरिक प्रजातन्त्र हुदैन् यस्तो विषम परिस्थितिमा प्रधानमन्त्री शेर वहाहुर देउवाले गठवन्धनको चिन्ता छोडेर प्रजातन्त्रको आधार स्तम्भ मानिएको निर्वाचनमा नै जानु पर्ने आजको राजनीतिक गन्तव्य देखिन्छ ।
कांग्रेसमा आजपनि कैयौ योग्य इमानदार कार्यकर्ताले भुमिका पाइरहेका छैनन् अप्पो दिपो : भवःअर्थात आफ्नो ज्योती आफै वन भन्ने मान्यतामै रहेर जीवन भर समाजसेवामा आवद्ध हुनु भएका नेका चन्द्रागिरी वडा न ८ का वडा सचिव राजु गिरि काग्रेसको मात्रै होइन् आम जनताहरुकै उदाहरणीय पात्र हुनुहुन्छ। आगामी स्थानीय निर्वाचनमा वहाँ जस्ता पात्रलाई उचित भुमीका दिएमा भागवत् ले निर्देश गरेको लक्ष्य हासिल गर्न तत्काल सकिने राजनीतिक घटनाक्रमले नै देखाउँछ ।
पूर्विय चिन्तक तथा राजनीतिक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास अवको गन्तव्यका लेखक हुनुहुन्छ |




























