नेशनल लाईफ इन्स्योरेन्सकाे अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
वि.सं.२०७८ चैत २ बुधवार
17K
shares
shares
श्री बीमा समितिको अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूवाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७४” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
कम्पनीको मिति २०७८/११/२९ मा भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित हुनु भएको हो ।
उक्त समारोहमा श्री बीमा समितिको अध्यक्षज्यूवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो । श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा श्री बीमा समितिको अध्यक्षज्यूलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नु भयो ।
Subscribe
0 Comments
Oldest
































