“बच्चन पाण्डे” पब्लिक रिभ्यु : कसैलाई अत्याधिक मन पार्याे , कसैलाई बोरिङ्ग
वि.सं.२०७८ चैत ४ शुक्रवार
shares
अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ होलीको अवसरमा आज इन्डियामा रिलिज भएको छ । ‘बच्चन पाण्डे’को चर्चा लामो समयदेखि चलिरहेको थियो । यस्तो अवस्थामा अहिले फिल्म रिलिज भइसकेपछि धेरै फ्यान र सिनेमा प्रेमीहरु पनि हेर्न थिएटर पुगेका छन् ।
‘बच्चन पाण्डे’ हेरेपछि ट्विटरमा प्रयोगकर्ताले प्रतिक्रिया दिन थालेका छन् । बच्चन पाण्डेलाई लिएर ट्विटर विभाजित भएको देखिन्छ। कतिपयले फिल्मलाई निकै मन पराइरहेका छन् भने कसैका लागि यो बोरिङ सावित भएको छ ।
बच्चन पाण्डेले मिश्रित प्रतिक्रिया पाएका छन्
योसँगै ट्विटरको एक हिस्साले फिल्म ‘बच्चन पाण्डे’ लाई बहिष्कार गर्न पनि माग गरिरहेको छन् । धेरै प्रयोगकर्ताले यो फिल्मलाई मनोरञ्जनमा भरिपूर्ण भएको बताएका छन्। एक प्रयोगकर्ताले यो फिल्म पैसाको मूल्य भएको लेखेका छन् ।
यसमा कमेडी र एक्शनको उत्कृष्ट मिश्रण छ र फिल्ममा एक पनि बोरिङ क्षण छैन् । तर अर्कोतर्फ कतिपय प्रयोगकर्ताले यो फिल्मलाई पटक्कै मन पराएनन् । एक प्रयोगकर्ताले यो बोरिङ फिल्म भएको लेखेका छन् ।
































