एनआईबीएल एस क्यापिटल लिमिटेडको अर्न्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालनमा

21.5K
shares
Nabil bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा यहि मिति २०७८/१२/०५ गण्डकी प्रदेशको पाेखरामा, अर्न्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यत्रम संचालन भएको छ ।

ऊक्त कार्यत्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक श्री सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गर्नुभयो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा फनि अर्न्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यत्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

ऊक्त कार्यत्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x