वैदेशिक व्यापार रहेकामध्ये २८ देशसँग नेपालको व्यापार नाफा, यी हुन् ति देशहरु?
वि.सं.२०७८ चैत ९ बुधवार
shares
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले वैदेशिक व्यापार १५९ देशसँग गरेकाे भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको तथा बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको हाे ।
नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, अर्मेनिया, मोनाको, जाम्बिया, ट्रिनिडाड एण्ड टोबागो, माल्दिभ्स, जर्जिया, मौरिसस्, अजरवैजान, फिजी, जमैका, आइसल्याण्ड, माइक्रोनेसिया, कंगो, क्रोएसिया, बरमुडा, सेनेगल, घाना र सेन्ट हेलेना रहेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
पछिल्लो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
































