एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

15.4K
shares
Nabil bank

चैत १०, काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यत्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नभएको छ । उहाँले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताउनुभएको हो ।

विहिवार मन्क्रालयमा आयोजित सघन शहरी विकास कार्यत्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झmाँक्रीले मन्त्रालयले केही नयाँ कार्यत्रमका लागि बजेटको पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’

उहाँले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्क्रालयले नयाँ कार्यत्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृक्रिम ताल लगायतका कार्यत्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, मन्त्रालयले शहरीकरणमा थुर्प्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नपर्छ ।’ कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताउनुभयो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x