मेलम्ची हेलम्बु बाढीपीडित संरक्षणका लागि ४ करोड बजेट विनियोजन

23.5K
shares
Nabil bank

बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले मेलम्ची बाढीेले पुर्याएको क्षतिको अवलोकन तथा निरिक्षण गरेका छन् । अवलोकन पश्चात मुख्यमन्त्री पाण्डेले बाढी पिडित सरोकार समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै तत्कालका लागि नदि नियन्त्रण तथा बस्ति संरक्षणका लागि भू संरक्षण मार्फत ४ करोड बजेट निकाशा भएको जानकारी दिएका हुन् ।

उनले द्रुत गतिमा काम गर्न निर्देशन दिदै १० करोड रकम थप गर्ने योजना रहेको समेत उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनिय क्षति पुर्याएको भन्दै तत्काल आवश्यकता अध्ययन गरि काम थाल्न निर्देशन दिए ।

उनले बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, पशुपन्छी राज्य मन्त्री इन्द्रमाया गुरुङ, पुर्व सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतलाई सहजिकरण गर्न आग्रह गरे । उनले ५० लाख भन्दा बढी बजेटको ठेक्का गर्नु पर्ने प्रदेसको प्राबधान रहेकाले हेलम्बु , मेलम्ची र पाँचपोखरीमा ५० /५० लाखको योजना बनाएर उपभोत्ता समिती मार्फत तत्काल कार्य गर्न अनुरोध गरे । पाण्डेलाई विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा समेत मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी गराए ।

बाढी पिडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । असार १ र त्यसपछिला बाढिले मेलम्ची , हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षती गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x