जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

22.6K
shares
Nabil bank

मिति २०७८ चैक्र २४ गते शुत्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को तेश्रो वार्षिक साधारण सभा विक्तीय संस्थाका अध्यक्ष श्री वित्रम राज सुबेदी ज्युको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डल ज्युको प्रमुख आतिथ्यमा सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव ज्यु विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरु अतिथीको रुपमा आमन्त्रीत हुनुहुन्थ्यो । सभालाई स्वागत तथा कार्यक्रमवारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री संजय कुमार मण्डलले गर्नभएको थियो ।

उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तिन जनाको उम्मेदवारी रहेको थियो । २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १२६०२६ मत खसेकोमा १३९ मत बदर भएको थियो ।

गोकर्ण खतिवडा ज्युले ६७५५७ मत, अशोक सिटौला ज्युले ४३९०३ मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र) ज्युले ५४३७ मत प्राप्त गर्नुभएको थियो । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा ज्यु र अशोक सिटौला ज्यु निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन हुनुझएको छ ।

नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष वित्रम राज सुबेदी ज्युले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराउनु भएको थियो । साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् ।

सभाबाट संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८५,००,०००।– को ७० प्रतिशतले हुन आउने रकम रु. ५२,४८,८०,०००।– ्बोनश शेयर तथा ३.६८ प्रतिशतले हुन आउने रकम रु. २,२५,१५,७३६।८५ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव र वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८५,००,०००।– बाट बृद्धि गरी रु. १,०३,५२,८०,०००।– पुर्‍याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पुँजी रु २ अर्ब बनाउन प्रवन्धपत्र संसोधनको प्रस्ताव समेत स्वीकृत भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x