एकीकृत समाजवादीले निःशुल्क खानेपानी सुखी जिन्दगानीलाई चुनावी एजेण्डा बनाउने
वि.सं.२०७८ चैत २९ मंगलवार
shares
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाउने भएकाे छ ।
एकीकृत समाजवादीले पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने, खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा समावेश गरेकाे छ ।
त्यस्तै, हरेक घर परिवारमा खानेपानी पुर्याउने काम स्थानीय सरकरको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।
हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निःशुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका विभिन्न एजेण्डा पनि घोषणात्रमा उल्लेख गरिएको छ ।


























