दुई ठूला बाणिज्य बैंकमाथि राष्ट्र बैंकद्धारा कारवाहीको तयारी

25.6K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पटक दुई वटा ठूला वाणिज्य बैंकमाथि कारवाहीको डण्डा बर्साउने भएको छ। बर्ष दिनदेखि मर्जरको प्रक्रिया थालेर लगनाीकर्ताको अर्बौ सम्पत्ति बन्धक बनाएको आरोपमा ती बैंकमाथि राष्ट्र बैंकले कारवाहीको प्रक्रिया अगाडि बढाएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बर्ष दिन अघि देखि नै मर्जरको हल्ला चलाए पनि तीन महिना अगाडि गत पुस ३० गतेको हिमालयन बैंकको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया तुहिएको थियो । मर्जरका नाममा बर्षदिनदेखि सर्वसाधरणका अर्बौ सम्पत्ति बन्धक बनाएका यी दुई बैंकमाथि झण्डै १ खर्ब भन्दा बढी सम्पत्ति बन्धक बनाइएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिले ती दुई ठूला बैंकमाथि कारबाहीको निम्ति प्रस्ताव अघि बढाइएको जनाएका छन् । नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण विभागका अधिकृतले यस्लाई पृष्टि गरेका छन् । मर्जरमा धेरै भाँजो हाल्ने हिमालयनलाई धेरै रकमको पेनाल्टी लगाउने प्रस्ताव अहिले केन्द्रीय बैंकको बोर्डमा पुगेको छ ती अधिकृतको भनाई छ ।

दुबै बैंकले मर्ज गर्ने सैद्धान्तिक सहमतिका सबै प्रक्रिया पूरा गरेर पनि एकतर्फी ढंगले हिमालयन बैंकले अर्थ मन्त्रालयदेखि कर्मचारी सञ्चय कोषसम्मको हतकण्डा प्रयोग गरेर उक्त मर्जर प्रक्रियालाई तुहाएको आरोप बैंकमाथि छ । यसैबीच नेपाल इन्भेष्ट बैंकले लाभांस वितरण गर्दा अर्बौ रकम कर छली गरेको बिषयमा राजश्व विभागले चासो दिएको छ । विभागले केही साता अघि बैंकमा छापा समेत मारेका विभागका अधिकारीहरुले जनाएका छन् ।

उता बैंकहरुले मर्जरको हल्ला गरे पनि नयाँ कुनै देखिएको छैन । कहिले मेगा र कुमारी बैंक,कहिले एनसीसी र सिटिजन बैंकबीचको चर्चा चलाइएको छ । एनएमबीको भने अहिलेसम्म कसैसँग पनि मर्जरको नाम सुनिएको छैन

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x