बैंक तथा वित्तीय संस्थाहरुले बैशाखमा निक्षेपको ब्याज दरमा बृद्धि नगर्ने
वि.सं.२०७८ चैत ३० बुधवार
shares
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैशाखमा निक्षेपको ब्याज दरमा कुनै बृद्धि नगर्ने भएका छन्। बैशाखका लागि चैत मसान्तका दिन ब्याज दर प्रकाशित गरेका बैंकहरुले दुई महिनाअघि कै ब्याजलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
राष्ट्र बैंकको नियम अनुसार हरेक महिनाको मसान्तमा आगामी महिनाको ब्याज दर प्रकाशित गर्नुपर्ने हुन्छ । त्यसै अनुसार बैंकहरुले बैशाखको ब्याज दर बुधबार प्रकाशित गरेका हुन्।
बैंकहरुले फागुनदेखि निक्षेपको अधिकतम ब्याज ११.०३ प्रतिशत राखेका छन्। यसको पाँच प्रतिशत बिन्दु कम ब्याज बचतको हुन्छ। यद्यपी रेमिटेन्स खातामा भने १२.०३ प्रतिशत ब्याज दिन पाइन्छ। संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत मात्र ब्याज पाउने छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याज दरलाई यथावत राखेका छन्।
निक्षेपको ब्याज दर यथावत राखेपनि बैंकहरुको आधार दर भने बढ्छ । अब नवीकरण हुने निक्षेप र नयाँ निक्षेपको ब्याज बढेर दिनु पर्ने हुन्छ। यसले गर्दा आधार दर बढ्छ र ऋण महँगिँदै जान्छ।































