न्हुजः बहुउदेश्यीय सहकारी संस्थाले आरम्भ गर्याे आफ्नो सेवा
वि.सं.२०७९ वैशाख ४ आइतवार
shares
काठमाडौ। काठमाडौ महानगरपालिका वडा नम्बर १५ स्वयम्भुमा कार्यालय रहनेगरी न्हुजः बहुउदेश्यीय सहरकारी संस्थाले आफ्नो सेवा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रम बिच संस्थाले औपचारिक रुपमा कार्यक्रमको सुभारम्भ गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले समुदायमा रहेको सानो–सानो पुँजी एकिकृत गरी विभिन्न सिपमूलका कामहरुलाई लगानी गरी सामाजि, आर्थिक उन्ननतीको कममा लगाउन सुझाव दिए । साथै सहकारी जगतमा छुट्टै पहिचान बनाउन समेत आग्रर गरे ।
कार्यक्रममा क्षेत्रीले संस्थालाई प्रगतिको कामना समेत गरे । त्यस्तै कार्यक्रममा सभापतीत्व संस्थाका अध्यक्ष रत्नकाजी महर्जनले गरेका थिए । विशेष अतिथिका रुपमा का म पा १५ वडा अध्यक्ष तथा महानगर प्रबक्ता ईश्वर मान डंगोल रहेको थियो । सहकारीको सञ्चालक समिति सात जनाको रहने छ ।































