बढ्यो सुनकाे भाउ, कत्तिमा हुँदैछ काराेबार?
वि.सं.२०७९ वैशाख ५ सोमवार
18.2K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज तोलामा सुनकाे मूल्य ५ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५ सय रुपैयाँ रहेको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































