भरतपुरमा रेणुविरुद्ध बागी उम्मेदवारी दिने पौडेललाई फकाउँदै काँग्रेस
वि.सं.२०७९ वैशाख १५ बिहीवार
shares
चितवन । आसन्न ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी परेकाे छ ।
६ महानगर मध्ये भरतपुर माओवादीले पाएसँगै जगन्नाथ पौडेलले रेणुविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई चितवन गएर बागी उम्मेदवारलाई हेर्न आग्रह गरेका छन् । आज गृहमन्त्री खाँण बागी उम्मेदवार पौडेललाई फकाउन चितवनतर्फ जाने भएका छन् ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर गएको थियो । जसमा हालकी मेयर रेणु दाहाल निर्वाचित भएकी थिइन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार बिजयी भएका थिए ।
६ महानगर र ११ उपमहानगरमा पूर्ण तालमेल भए पनि अन्य स्थानीय तहमा आवश्यक्ता अनुसार तालमेल गरेर जाने गठबन्धनको निर्णय गरेको थियो । त्यस अनुसार कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारहरुविरुद्ध बागी परेको छ । कांग्रेसले गठबन्धनको उम्मेदवारविरुद्ध परेको बागी झिक्न कांग्रेसले निर्देशन समेत दिइसकेको छ।



























