काठमाडौं महानगरमा काँग्रेसका प्रमुख नहुँदा निकै पीडा भोगेका छौँ : महामन्त्री थापा

2.8K
shares

काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुखमा आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेकाे बताएका हुन्।

‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं। काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने।

काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध समेत उनले गरे ‌।

सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न आग्रह गरे ।

आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको बताउँदै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं। त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ।’

civil hospital
Hams Hospitals