भरतपुरमा बागी उम्मेदवारी फिर्ता नलिने पौडेलकाे अडान
वि.सं.२०७९ वैशाख १५ बिहीवार
3.3K
shares
shares
काठमाडौं । भरतपुर नगरपालिकामा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।
गृहमन्त्री बालकृष्ण खाँण बिहीबार भरतपुरस्थित पौडेल निवास पुगेका छन् । उनकै निवास पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि बेवास्ता गर्दै पौडेलले फिर्ता नलिने अडान लिएका हुन्।
भेटका क्रममा पौडेलले चितवनवासीको लोकतन्त्र र काँग्रेस बचाउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।
त्यस्तै, उनले भने ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ।’आफूको पार्टीको अनुशासनविपरीत काम गरेको भएर कारबाही गर्न उनले चुनौतीसमेत दिएको स्रोतले जनाएको छ ।



























