४/१२ को सीमा हटाउन लगानीकर्ताको माग

18.2K
shares
Nabil bank

काठमाडौं । लगानीकर्ताले केन्द्रीय बैंकलाई शेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै शेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंकर करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन्।

 

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सोमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरू केन्द्रीय बैंक गुहार्न पुगेका छन् । साथै, आर्थिक वर्ष २०७९/८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन्। कारोबार दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x