सेन्चुरी बैंकको ऋणपत्र बाँडफाँट

17.4K
shares
Nabil bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेञ्चर २०८८” को प्रति कित्ता डिबेञ्चर मंगलबार बाँडफँट गरेको हो ।

 

बैंकले प्रतिऋणपत्र अंकित मुल्य १ हजारका दरले २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले मध्ये २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरेको थियो ।

 

यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट भएको हो ।

 

बैंकले सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १० हजार कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्पmत आवेदन दिए थिए । जसमध्ये २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएको थियो ।

 

१० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरेका थियो ।

 

माग बमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरका लागि दरखास्त परेकाले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँडफाँट गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x