सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी, दुई दशकबढीको अनुभव

13.9K
shares
Nabil bank

काठमाडौँ ।सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रूपमा कार्य सम्पादन गर्दै आएका रायमाझी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

 

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते बुधबारदेखि नै लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझीलाई नियुक्त गरेको हो ।

 

नेपाल बंगलादेश बैंकबाट बैंकिंग करियर शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी करिब २१ बर्ष बैंकिङ अनुभव संगालेका छन् ।

 

विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरिेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु-याउनेमा विश्वास रहेको बैंकले जनाएको छ ।

 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पु-याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x