स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता, युनिलिभरका वितरकहरूलाई यस्तो फाइदा

23.3K
shares
Nabil bank

काठमाडौँ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच एक सम्झौता भएको छ । युनिलिभरका वितरकहरूलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरू उपलब्ध गराउने सम्बन्धमा सो सम्झौता भएको हो ।

 

सो कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरूको लाभ लिन सक्नेछन् ।

 

बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको हो, जसले उनीहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरूमा उनीहरूको वित्तीय स्थिरता सुनिश्चित गर्न सघाउ पुग्न सक्छ ।

 

यसैगरी यसले ठूला कर्पोरेटहरूलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरू लागू गर्न पनि सहयोग गर्नेछ । विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।

 

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भने, “युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।”

 

सोही अवसरमा युएनएलका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले भने, “वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरूमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको छ र जिन्दगीलाई जीवन्तता प्रदान गर्ने हाम्रा ब्राण्डहरूको आपूर्तिलाई निरन्तर रूपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरूलाई सेवा प्रदान गर्न मद्दत गरेको छ ।”

 

वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत भएको र ग्राहकहरूको महत्त्वपूर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा आफूहरू उत्साही भएको उनले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x