‘कबड्डी–४’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म
वि.सं.२०७९ जेठ ३० सोमवार
33K
shares
shares
काठमाडौं। दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको ‘कबड्डी ४’ सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्न सफल भएको छ।
यस चलचित्रले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ।
यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ।
यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान तोडेको छ।
यसअघि भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड रहेको थियो। भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण गरिएको छ।
Subscribe
0 Comments
Oldest
































