जेठमा बैंकिङ प्रणालीमा थपियो २३ अर्ब रुपैयाँ, कर्जा लगानी ३ अर्ब मात्रै

17.7K
shares
Nabil bank

काठमाडौँ ।जेठ महिनामा बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ थपिएको छ । नेपाल बैंकर्स एशोसिएसनको तथ्याङ्कअनुसार बैशाख मसान्तमा ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप रकम जेठ महिनाको चार सातासम्म सो रकम बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।

 

एशोसिएसनले सार्वजनिक गरेको जेठ २७ गतेको तथ्याङ्कअनुसार यस अवधिमा निक्षेपको तुलनामा कर्जा रकम भने सामान्य मात्रै बृद्धि भएको छ ।

 

बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने जेठ २७ गतेसम्म सो रकम ३ अर्ब रुपैयाँले बृद्धि ४१ खर्ब ९४ अर्ब पुर्याएका छन् । स्थानीय निर्वाचनमा खर्च बृद्धि भएका कारण र सरकारको खर्च बढेका कारण बैंकहरूमा निक्षेप बृद्धि भएको हो ।

 

जेठ २७ गतेसम्म बाणिज्य बैंकहरूको सीडी रेसियो ९०.२२ प्रतिशत रहेको छ भने नेपाल राष्ट्र बैंकले असारभित्रमा सीडी रेसियो ९० प्रतिशतमा झार्न दबाव दिइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x