बाग्मती प्रदेशः कृषि मन्त्रालयलाई साढे ४ अर्ब बजेट, केके छन् कृषिमा योजना ?

16.8K
shares
Nabil bank

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि कृषि क्षेत्रलाई ४ अर्बको बजेट छुट्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै उनले कृषि क्षेत्रलाई प्रदेशले प्राथमिकतामा राखेको बताए ।

 

आगामी वर्षका लागि प्रदेश सरकारले बीउमा आत्मनिर्भर बन्ने, रासायनिक मल र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाउने, दुग्ध पाउडर प्लान्ट सञ्चालन, खोरेत तथा रेबिज नियन्त्रण लगायतका योजना अघि सारेको छ ।यसका साथै, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको योजना समेत प्रदेशले अघि सारेको छ ।

 

प्रदेश सरकारले आगामी ३ वर्षमा प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । मन्त्री जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै प्रदेशलाई अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

 

सरकारले बीउमा आत्मनिर्भर बनाउने कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरेको छ । कार्यक्रमले प्रदेशलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउने उनले बताए । त्यस्तै, बागमती प्रदेश सरकारले रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने गर्ने भएको छ ।

 

बाग्मती प्रदेशको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष प्रदेशमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने जानकारी दिएका हुन् ।

 

उनले भने, “प्रदेश भित्र सम्भाव्यताको आधारमा रासायनिक मल र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने छ ।”

 

देशमा रासायनिक मलको अभाव भएका कारण अहिले किसानले सरकारहरूलाई दबाव दिइरहेका छन् । मलको समस्या समाधानका लागि प्रदेश सरकारले मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ ।

 

त्यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

मन्त्री जमरकट्टेले आगामी वर्षको बजेटमार्फत प्राङ्गरिक मलको प्रोत्साहनका लागि उक्त बजेट छुट्याएको घोषणा गरे ।

 

यसैगरी प्रदेश सरकारले पशुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि समेत कार्यक्रम सञ्चालन गर्ने भएउको छ । उक्त कार्यक्रमका लागि सरकारले बजेट छुट्याएको मन्त्री जमकट्टेलले बताए । आगामी बर्षको बजेटमार्फत प्रदेश सरकारले खोरेत र रेबिज रोग नियन्त्रण गर्नका लागि ५ करोड बजेट विनियोजन गरेको घोषणा गरेको हो ।

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने भएको छ ।

 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै गर्दै मन्त्री जमकट्टेलले काभ्रे जिल्लामा पनि दुग्ध पाउडर प्लान्ट स्थार हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानहरू बाहेक सबै अनुदान सरकारले खारेज गर्ने उनले जानकारी दिए ।

त्यस्तै, प्रदेशले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । मन्त्री जमरकट्टेलकाअनुसार प्रत्येक वडामा प्राविधिक सहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइनेछ ।  यसका लागि सरकारले १८ करोड २७ लाख बजेट विनियोजन गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x