लागूऔषध मुद्दामा हिरासत बसेका लाहुरे लागूऔषध विरुद्धको कार्यक्रममा सहभागी
वि.सं.२०७९ असार ३ शुक्रवार
15.1K
shares
shares
काठमाडौं। लागूऔषध मुद्दामा झन्डै एक महिना हिरासत परेका चर्चित र्यापर आशिष राना ‘लाहुरे’ लागूऔषध विरुद्धको एकहप्ते कार्यक्रममा सहभागी हुने भएका छन्।
गत पुष १४ गते उनी पक्राउ परेका थिए। जिल्ला अदालत कास्कीले उनलाई फागुन १० गतेमात्र ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
आफूले नै प्रयोग गर्नका लागि लागूऔषध किन्ने क्रममा कास्की प्रहरीले पोखराको न्युरोडबाट लाहुरेसहित ४ जनालाई पक्राउ गरेको थियो।
यतिबेला लाहुरेले पोखरामा नेपाल प्रहरी र जिल्ला प्रहरी कास्कीसँगको सहकार्यमा लागूपदार्थ विरुद्धको एकहप्ते कार्यक्रम गर्न लागेका हुन्।
सो कार्यक्रम पोखरा सभागृहमा असार ७ देखि असार १२ गतेसम्म संचालन हुनेछ।

Subscribe
0 Comments
Oldest
































