आइएमई पे एपको आकर्षक अफर, नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता भुक्तानीमा क्यासब्याक
वि.सं.२०७९ असार १५ बुधवार
shares
काठमाडौँ ।आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवद्र्धित ‘आइएमई पे’को एपबाट नेपाल लाइफ इन्स्योरेन्सको बिमा किस्ता भुक्तानीमा क्यासब्याक पाइने भएको छ ।
कम्पनीले आफ्ना सेवाग्राहरूका लागि ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत उक्त आकर्षक अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने दावी गरेको छ ।
कम्पनीको सो अफरमा सहभागी हुनका लागि केही नियम तथा सर्त राखेको छ । केवाइसी रुजु भएको प्रयोगकर्ताहरूले बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियमिति मितिपछि ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अन्य उपहार जित्ने मौका पाउनेछन् ।






























